Monday, January 7, 2013

गजल


आफ्नो मुटु आफै देखी छुट्दा धेरै रोएँ ।
दैबले नि मेरो खुशी लुट्दा धेरै रोएँ ।।  

मन भित्र सजिएका  मिठा सपना हरु । 
 चक्नाचुर भई सिसा सरी फुट्दा धेरै रोएँ ।। 

सँगै जुनी काट्ने भनी खाको कसमहरु । 
बिचबाटोमा आई आज टुट्दा धेरै रोएँ ।।  


जिन्दगीले खुशी लुटी आँशु  मात्र दीई । 
एक्लो पारी आज मलाई कुट्दा धेरै रोएँ ।।  

अनायासै निर्दोस मेरो यो  जिबन मा ।  
बिछोड को तुफानले  चुट्दा धेरै रोएँ ।।  


राजु चालिसे "बिछोड"     
कपिलवस्तु,भलवाड ८     
हाल:: दुबइ   

No comments:

Post a Comment