Monday, January 7, 2013

गजल


अहँमताले बढेको मान्छे मन पर्दैन ...!
कुरितिले जगडेको मान्छे मन पर्दैन[१]

मुखमा राम राम बगलिमा छुरा हजुर.....!
भित्र भित्रै सडेको मान्छे मन पर्दैन[२]

बुद्धि सँग बल लाई दाजेर ब्यर्थैमा....!
दुश्मन बनि लढेको मान्छे मन पर्दैन[३]



पढेकोछ सम्मान गर्न जान्दैन अरूलाई...!
हो त्यो साच्चै पढेको मान्छे मन पर्दैन[४]

नबराज ज्ञवाली छिस्ती ६ बाग्लुङ्
 

No comments:

Post a Comment