Monday, January 7, 2013

जगल :~ टुहुरो को बिलौना

साथ कसैले, दिएन मलाई
हात कसैले, दिएन मलाई !!

बाल्य कालमै, टुहुरो बन्दा
काख कसैले, दिएन मलाई !!

खान नपाई,तड्पिदा भोकले
भात कसैले , दिएन मलाई !!

बिभिन्न थरि,जातीय देशमा
जात कसैले , दिएन मलाई !!



खडेरी बन्दा,जिवन यो मेरो
बर्षात कसैले, दिएन मलाई !!

जिन्दगि भरि,दुइबचन मिठो
बात कसैले , दिएन मलाई !!

निर्धक्क संग,निदाउन भनि
रात कसैले , दिएन मलाई !!

╰☆╮Raja╰☆╮
<•>लेटांग ४ मोरंग<•>
$ हाल रावागं मलेशिया

No comments:

Post a Comment