Sunday, January 6, 2013

गजल


हामीलाई दुख्छ क्रान्ती,सीमाना र पानी
सबै भन्दा बडी दुख्छ,बुद्धको निसानी !

हिजो मरे कति शहीद,आज गरिब उत्ती
पसिना र रगतको, भयो खिचा-तानी ! 

मानव दानव एकै लाग्छ,मुटु मुर्ती उस्तै
मान्छे संग मान्छे आज,हिड्छ साव-धानी !


छिमेकीले ताक्छ पानी,जमीन र खानी
सिंहदरबार् लड्डी खेल्छ,सबै जाना-जानी

स्वर्ग जस्तो धर्ती हाम्रो,वधशाला भयो
मानवता शुली चड्छ,विना आना-कानी !!

रचनाकार-उत्सब नेपाल 

No comments:

Post a Comment