Sunday, January 6, 2013

गजल


के गर्न पो सक्छ मान्छे कामना सिवाय
छुरा हानी एकछिन् पछी याचना सिवाय!!

सिधा बाटो छाडी भिरमा जाने तिम्लाई
म सक्दिन गर्न अ हँ ! प्राथना सिवाय!!

नयाँ साल लागे के भो पुरानै छ विचार
के फेर्यौ र ? नयाँ वस्त्र ,गहना सिवाय!!

देख्नुपर्थ्यो क्यै त जलेर म खाक हुँदा
हेरिनौ खै ! यताउता जोखना सिवाय!!

बल्ल मैले थाहा पाए तिम्रो त्यो दिल्मा
छँदै थे'न सहवास् को तिर्सना सिवाय !!                       

No comments:

Post a Comment